एसियाड पारा खेलाडीलाई टिसर्ट
काठमाडौँ २० असोजः पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने विभिन्न खेलका नेपाली खेलाडीलाई ह्वाइट याकले प्रोत्साहन स्वरुप आज टिसर्ट प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी र सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स सङ्घ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई टिसर्ट हस्तान्तरण गर्नुभयो ।
जापानको आइची–नागोयामा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने एसियाली पारा खेलकुदमा नेपालले विभिन्न आठ खेलमा सहभागिता जनाउने छ ।
नेपाल सन् २०१० मा चीनको ग्वाङझावमा भएको पारा एसियाली खेलकुदको पहिलो संस्करणदेखि निरन्तर सहभागी हुँदै आएको छ । चीनकै हाङझावमा भएको चौथो संस्करणमा नेपालले ऐतिहासिक पदक जितेको थियो । तेक्वान्दोकी पलेशा गोबर्धनले कांस्य पदक जितेकी थिइन् । यो पदक नै नेपालले पारा एसियाली खेलकुदमा जितेको एक मात्र पदक हो ।
