Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्व सदस्य–सचिव घिसिङद्वारा रग्बी पदक विजेता पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष सेभेन्स रग्बीको कांस्य पदक विजेता आयोजक जापानलाई पदक वितरण गरे । उनी एसिया रग्बीका उपाध्यक्ष पनि   हुन् । नागोयामा तीन दिनसम्म चलेको रग्बी सेभेन्स प्रतियोगिताको फाइनल खेलका क्रममा एसिया रग्बीका अध्यक्ष काइस अल धलाई विशेष अतिथिका रूपमा उपस्थित भए ।

उनीसँगै जापानी राजपरिवारकी राजकुमारी अकीको मिकासा, जापान रग्बी फुटबल युनियनका मानार्थ संरक्षक तथा अध्यक्ष मासातो सुचिदा र नागोयाका मेयर इचिरो हिरोसावा पनि फाइनल समारोहमा सहभागी भए ।
आइची÷नागोया २०२६ एसियाली खेलकुदअन्तर्गत रग्बी सेभेन्समा महिलामा जापानले चीनलाई १०–५ र पुरषमा हङकङले चीनलाई २६–० ले हराउँदै स्वर्ण जितेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan