Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई नगरकोटस्थित होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
newsabhiyan

काठमाडौं, २१ असोज । एन आई सी एशिया बैंक लिमिटेड र नगरकोट, काभ्रेस्थित होटल कन्ट्री भिल्ला प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई उक्त होटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र होटलको तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गर्नुभयो ।

यस समझदारी अनुसार यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले होटलको आवासीय, खाना तथा पेय पदार्थ उपयोगमा उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

यस छुट सुविधा अन्तर्गत डिलक्स वर्गका विभिन्न कोठाहरुको आवासीय सेवा लिँदा सप्ताहन्त (शुक्रबार र शनिबार) मा ५ प्रतिशत छुट सुविधा रहेको छ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

अन्य दिनहरुमा भने दुवै सेवामा १० प्रतिशत छुट सुविधाको उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan