मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
काठमाडौं, २१ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट प्रस्तावित विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।
त्यस्तै, सरकारका नियमित कामकारबाही, सार्वजनिक सेवा प्रवाह तथा आवश्यक नीतिगत विषयमा पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।
बैठकले गरेका निर्णयबारे मन्त्रिपरिषद् बैठकपछि सरकारका सम्बन्धित निकायमार्फत जानकारी गराइनेछ।
