Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस

 दमौली (तनहुँ), २३ असोजः हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र  तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन् । समितिले  क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतको प्रक्रिया थालेको छ । 

स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा  क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत तत्काल थाल्न  सम्बन्धित निकायलाई अनुरोध गरिएको समितिका अध्यक्ष शिवलाल तिवारीले राससलाई जानकारी दिनुभयो

घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घिरिङ गाउँपालिका–१ को अत्रौलीदेखि कासिवन जोड्ने झोलुङ्गे पुल, घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट–मचेडी जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

यसैगरी, देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुलमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan