Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस

 काठमाडौँ,  २३ असोजः शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

    प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् । 

    यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु चार लाखसम्मको दुईपाङ्गे्र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियतस्वरूप व्यहोर्ने  व्यवस्था नियमावलीमा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan