Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूका नयाँ प्रतिबन्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस/सिन्ह्वा)

युरोपेली सङघ (ईयू)का विदेशमन्त्रीले रुसको सैन्य–औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब एक हजार ६०० नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । ईयूकी विदेश नीति प्रमुख काजा कालासले सोमबार उक्त जानकारी दिनुभएको हो ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कालासले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा बढी रुसको ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन शृङ्खलासँग सम्बन्धित रहेको बताउनुभयो । रुस–युक्रेन युद्ध सुरु भएयता ईयूको प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि उहाँले उल्लेख गर्नुभयो । 

    नयाँ प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रुसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो ।

    लक्जमबर्गमा हुने ईयूको विदेश मामिला परिषद्को बैठकअघि बोल्दै उहाँले नयाँ प्रतिबन्धले युक्रेनका कब्जा गरिएका भू–भागमा रुसले गराएका भनिएका ‘नक्कली निर्वाचन’को विषयलाई समेत सम्बोधन गर्ने जानकारी दिनुभयो ।
    कालासले युद्ध अन्त्य गर्न रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने ईयूको अडान दोहो¥याउनुभयो । उहाँले रुसविरुद्धका प्रतिबन्धका विषयमा अमेरिकासँग थप समन्वय गर्न पनि आग्रह गर्नुभयो । 

    अमेरिका र ईयूबीचको सहकार्यले मस्कोमाथिको दबाब थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan