Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

काठमाडौँ, २६ असोजः प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।

    दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टङ्कराज भट्ट र गोदावरी-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    कञ्चनपुरको बेलौरी नगरपालिका-७ टेडियाबाट लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय रामजनम चौधरीसहित दुई जना र भीमदत्त नगरपालिका-११ बाट गोदावरी-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई प्रहरीले पक्राउ गरेको छ ।

    त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीबाट काठमाडौँको कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राई, झापाको बाह्रदशी गाउँपालिका-५ बाट मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही स्थानकी २१ वर्षीया रेजिना तोलाङ्गी,  झापाकै अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिककुमार कोईराला, अर्जुनधारा-६ पुर्वेलीटोलका २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पूर्णबहादुर राई छन् । साथै बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट मधुवन नगरपालिका-८ लालीबजारका २१ वर्षीय सन्देश रानामगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan