Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा सैन्य कारबाही, छ आतङ्कवादी र दुई सैनिकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस/सिन्ह्वा)

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा छ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

    सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपिआर) का अनुसार आतङ्कवादीको उपस्थितिबारे सूचना प्राप्त भएपछि अक्टोबर २४ मा डेरा इस्माइल खान जिल्लामा कारबाही सञ्चालन गरिएको थियो । आइतबार जारी विज्ञप्तिमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का छ जना सदस्य मारिएको उल्लेख छ । गोली हानाहानमा दुई सैनिकले पनि ज्यान गुमाएका थिए ।

    सेनाका अनुसार कारबाहीका क्रममा हतियार र गोलाबारुदसमेत बरामद गरिएको छ । मारिएका आतङ्कवादी सुरक्षा बल तथा कानून कार्यान्वयन गर्ने निकायमाथि आक्रमण गर्नुका साथै सर्वसाधारणमाथि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

    क्षेत्रमा रहेका अन्य आतङ्कवादीलाई खोजी गरी निष्क्रिय पार्न सुरक्षा बलले थप अभियान सञ्चालन गरिरहेको आइएसपिआरले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan