Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | रासस

 

दाङ, ११ कात्तिकः दाङमा अवैध रुपमा चोरी तस्करी गर्नलागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठका अनुसार राप्ती गाउँपालिका–४ सुन्दरपुरमा अवैध रूपमा काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी  कार्यालय भालुवाङबाट खटिएको प्रहरीको काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

 

प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर चालक फरार भएका थिए । बरामद गरिएको  काठ तथा मोटरसाइकलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमही पठाइएको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan