Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ बुधबार | (रासस/सिन्ह्वा)

यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उक्त घटनाबारे हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले जनाएको हो ।

    उक्त टेलिभिजनका अनुसार, प्रान्तीय राजधानी अल–हाज्मस्थित एक सार्वजनिक बजारमा पटकपटक हवाई आक्रमण गरिएको थियो । त्यसैगरी, नजिकै रहेको अल–तैसीर इन्धन केन्द्रमा पनि छुट्टै आक्रमण भएको थियो । दुवै स्थानमा मानवीय क्षति भएको समाचारमा उल्लेख छ ।
    अल–मसिराहका अनुसार, सुरुमा १२ जनाको मृत्यु भएको बताइएकामा पछि मृतकको सङ्ख्या बढेर १४ पुगेको हो । मृतक तथा घाइतेमा महिला र बालबालिका पनि रहेको टेलिभिजनले जनाएको छ । उसले हताहतीको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
    यद्यपि, हताहतीसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । हुथी सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
    हुथी विद्रोही र साउदी अरबबीच सीमापार आक्रमण जारी रहेका बेला तथा हुथी लडाकु र साउदी समर्थित यमनी सरकारी सेनाबीच भीषण लडाइँ भइरहेका बेला यी आक्रमण भएका हुन् ।
    सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि देश द्वन्द्वमा फसेको हो । त्यसपछि यमनी सरकारको समर्थनमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले सन् २०१५ मा द्वन्द्वमा हस्तक्षेप गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan