सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |
काठमाडौँ, १३ कात्तिकः सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश डा शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो ।

