Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौँ, १२ कात्तिकः नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ ।

सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो ।

यसअघि सङ्घले कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan