Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेस स्वतन्त्रताको संरक्षणसँगै पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाउनुपर्नेमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।

आमसञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा आयोजित अन्तरक्रियामा सहभागी हुँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको अवस्था, सञ्चार क्षेत्रमा देखिएका विद्यमान चुनौती तथा आवश्यक सुधारका विषयमा सरोकारवालासँग छलफल गरेका हुन्।

अन्तरक्रियाका क्रममा प्रेस स्वतन्त्रताको निर्वाध अभ्यास सुनिश्चित गर्ने, पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्ने तथा सञ्चारमाध्यमलाई थप जिम्मेवार र उत्तरदायी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

कार्यक्रममा स्वतन्त्र प्रेस लोकतन्त्रको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै सार्वजनिक विश्वास कायम राख्न सत्य, तथ्यमा आधारित र निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याइएको थियो।

त्यस्तै, आमसञ्चार क्षेत्रका समस्या र चुनौती समाधानका लागि सरकार, सञ्चारमाध्यम तथा पत्रकारितासँग सम्बन्धित सरोकारवालाबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan