Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसमाथि दबाब बढाउन इयूको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | ब्रसेल्स, १३ कात्तिक (रासस/एएफपी)

युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गर्नुभएको छ । 

युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि यो आह्वान आएको हो । “यो युक्रेनका नागरिकहरूमाथि रुसी आक्रमणको अर्को क्रूर र विनाशकारी श्रृङ्खला हो,” कोस्टाले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

उहाले भन्नुभयो, “युरोपेली संघले जबसम्म न्यायपूर्ण र दिगो शान्ति हासिल हुँदैन रुसमाथि दबाब बढाउन र युक्रेनलाई सहयोग गर्न जारी राख्नेछ । हामी हाम्रा सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि त्यही गर्न आह्वान गर्छौं ।” बिहीबार निप्रो रेल स्टेसनमा भएको आक्रमणले ‘रेल यात्रु रेल उभिएको’ प्लेटफर्ममा प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । 

युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले यस साताको युरोपेली सङ्घ–क्यानाडा शिखर सम्मेलन र अक्टोबर ३०–३१ मा एटलान्टामा हुने जी२० विदेश मन्त्रीहरूको बैठकमा ‘युक्रेनप्रतिको हाम्रो सहयोगलाई अझ मजबुत बनाउन साझेदारहरूलाई आग्रह गर्ने’ बताउनुभएको थियो । “रुसलाई जवाफदेही बनाउनुपर्छ,” उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan