Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | रासस

 राँझा (बाँके), १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ ।

    गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर  ग्राभेल र दुई किलोमिटर  नयाँ सडकको ट्र्याक खोलिएको छ । 

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्र सडक  पनि स्तरोन्नति गरिएको छ । पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट पूर्वाधार निर्माणमा लगानी गरेको हो ।  गत आवमा पूर्वाधार विकासमा रु चार करोड ८४ लाख १४ हजार ४७० खर्च भएको थियो । 

    
सडक निर्माणसँगै विद्यालय तथा स्वास्थ्य संस्थाका छ वटा  भवन, पुल, कल्भर्ट, सिँचाइ संरचना, तटबन्ध पनि निर्माण भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan