Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | (रासस)

सुनसरी, १४ कात्तिकः कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लिम्बू समुदायको पहिचान संरक्षणका लागि भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

    धरानमा पालाम सम्राट सुवर्ण मेम्बाङको नवीन पालाम कृति ‘इक्किसुम, इक्ला’ को लोकार्पण समारोहमा आज उहाँले पालाम सङ्ग्रह लिम्बू समुदायको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडिएको उल्लेख गर्नुभयो । पुर्खाले हस्तान्तरण गरेको पहिचानप्रति गर्व गर्दै वर्तमान चुनौती सामना गर्न समुदाय आफैँ सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

    नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जातजातिका भाषा, साहित्य र संस्कृतिको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालको विविधताभित्र लिम्बू भाषा, साहित्य र संस्कृति महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै उहाँले यसको समृद्धिका लागि सत्यतथ्य अध्ययन, अनुसन्धान र परिस्थितिको विश्लेषण आवश्यक रहेको बताउनुभयो ।

    मानव जातिको पहिलो पाठशाला घरपरिवार भएकाले बालबालिकालाई मातृभाषा सिकाउने पहिलो जिम्मेवारी आमाबुवा र परिवारका सदस्यको हुने उहाँको भनाइ थियो । घरबाटै मातृभाषा बोल्ने र सिकाउने वातावरण बनाउन सके भाषा संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan