Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

झापा। आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ।

तिहारका बेला दीपावली तथा पटका र अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटनालाई न्यूनीकरण गर्ने, विपद्को समयमा तत्काल उद्धार तथा आगो नियन्त्रण गरि जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको हो।

अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण तथा उद्धार कार्यसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए। यस प्रकारका अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको पूर्व तयारी, कार्यक्षमता र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

आगलागी तथा अन्य विपद्का घटनामा  सुरक्षा र उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सम्भावित जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ।

तिहारलाई सुरक्षित र मर्यादित बनाउन आगो तथा विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन तथा आगलागीको जोखिम देखिएमा तत्काल सशस्त्र प्रहरी बल वा अन्य सम्बन्धित निकायलाई खबर गर्नसमेत  सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan