सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)
वीरगन्ज (पर्सा), १८ कात्तिकः प्रहरीले रु सात लाख बराबरका पटाका, अतिशबाजी तथा ‘वेटक’ पदार्थ नष्ट गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका विभिन्न चेकिङ टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सात लाख बराबरका अवैध रूपमा भित्र्याइएका पटाका, अतिशबाजी तथा अन्य विष्फोटक पदार्थलाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीको समेत उपस्थितिमा खाल्डोमा हाली पानी समेत राखी पुरी नष्ट गरेको हो ।


