लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती
काठमाडौँ, १९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तरर्गत आज जारी पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोलट्सलाई जितको लागि १५० रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो ।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि बिशाल शुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए ।
त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


