Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौं, २० कात्तिक : झापा, दमक नगरपालिका-७ बुद्ध मार्ग टोल डेरा गरी बस्ने २५ वर्षीय शंकर मण्डललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले शंकरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-२ भाङबारी बस्ने २५ वर्षीय अतित राना मगरसँग खरिद गरेको भन्ने खुल्नासाथ अतितको कोठा तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  

सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी नगरपालिका-२ बस्ने २४ वर्षीय निश्चल कटवाल र सोही नगरपालिका-९ बस्ने २१ वर्षीया अन्शु पोखरेल रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ६२४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-३ महेन्द्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय नबिन कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को. ३१ प ८९८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कृष्ण कुमार यादव र कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुरेन्द्र यादव रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले बागमती प्र.०२-००५ प ३७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

काभ्रे, पाँचखाल नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३२ वर्षीय सरोज रम्तेल र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुदिप मिजार रहेका छन् । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने ३९ वर्षीय तिर्थ बहादुर खाम्चालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०९५४ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-१ झारसादीबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४० ट्याब्लेट र ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ वेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट सहित मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ११९१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध  सहित फेला पारी पक्राउ गरेको हो । 

अछाम, साँफेबगर नगरपालिका-४ बस्ने २५ वर्षीय उमेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उमेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ भोर्लेनी डेरा गरी बस्ने त्रियुगा नगरपालिका-१२ घर भएका २७ वर्षीय सुशान्त राउतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले सुशान्तको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय सर्वन बानिया र २९ वर्षीय राजा बानियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ५४ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ रिन्चिराङ बस्ने २५ वर्षीय रेवन प्रजा र २० वर्षीय जेन्सन प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan