Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
newsabhiyan

काठमाडौँ, १९ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो ।

प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई  प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan