तेहरानमा दुई ट्याङ्कर र एक पानीजहाजमा आगलागी भएको इरानको दावी
तेहरान १९ कात्तिक : स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन् ।
गत फेब्रुअरी –२८ मा इरानमा युद्ध सुरु भएदेखि तेहरानले रणनीतिक जलमार्ग हर्मुजबाट हुने आवागमनलाई नियन्त्रण गरेको छ भने यस नाकाबाट द्वन्द्व अघि सामान्यतया विश्वव्यापी तेल खपतको पाँच प्रतिशत निर्यात हुने गरेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाले प्रतिक्रियामा इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ भने ट्याङ्करहरूलाई उक्त जलमार्गमा यात्रा गर्न मद्दत गरेको छ । यूएस सेन्ट्रल कमान्डले यस अघिको गर्मीदेखि खाडी देशहरूलाई हर्मुज हुँदै १.५ बिलियन ब्यारेल तेल निर्यात गर्न मद्दत गरेको जनाएको थियो ।
बुधबार राति, दुई अलग–अलग घटनामा, हर्मुजको जलमार्गमध्यको दक्षिणमा अवैध बाटो हुँदै जान खोज्ने ठूलो तेल ट्याङ्करमा खानीमा ठोक्किएपछि आगो लागेको र हाल नियन्त्रणमा आइसकेको गार्डहरूलाई उदृत गर्दे फार्स समाचार एजेन्सीले जनाएको छ ।
अर्को सुपरट्याङ्र हर्मुजको पूर्वी जलमार्गमध्यबाट बाहिर निस्कँदा ठुलो आगलागीलेका कारण रोकिएको र आगो निभाउन उक्त ट्याङ्र नजिक पुगेको पानीजहाजमा पनि आगलागी भएको जनाइएको ।
फार्सले आइआरजिसी नौसेनाको इलेक्ट्रोनिक वारफेयर युनिटले दुई लुकास ड्रोनको नियन्त्रण लिएको पनि रिपोर्ट गरेको छ, जुन कम लागतको अनक्रुभ कम्ब्याट एट्याक सिस्टमका लागि अमेरिकाले विकसित गरेको मोडेल हो ।


