Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

काठमाडौँ, २१ कात्तिकः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ ।

    न्याय परिषद्ले डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

    सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ ।

    समितिले न्यायपालिकाप्रति जनविश्वास अभिवृद्धि, न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउने, सर्वसाधारणको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने तथा न्यायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशहरूको धारणा माग गरिरहेको छ ।

    त्यसैगरी न्यायिक सुशासन, पारदर्शिता, जवाफदेहिता र न्यायपालिकाको संस्थागत सुधारका विषयमा उनीहरूको दृष्टिकोण तथा भावी योजनाबारे समितिले चासो राखेको छ ।

    संसदीय सुनुवाइबाट प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव, व्यावसायिक दक्षता, निष्पक्षता र न्यायिक जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको मूल्याङ्कन हुनेछ ।

    संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan