नदीमा डुबेर एक बालकको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार |
घोराही (दाङ), २४ कात्तिकः राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए ।
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।


