Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार | (रासस)

सिन्धुपाल्चोक, २४ कात्तिकः  थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ ।

    सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ । विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो । 

    कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । 

    “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यो रकम र सामग्री हामी डिजिटल विद्यालय निर्माणमा खर्च गर्नेछौँ ।”

    अभियानलाई सहयोग गर्नुहुने अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत देउसीभैलो आयोजना गरिएको प्रधानाध्यापक राजु तामाङले बताउनुभयो । 

    कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीकोे उपस्थिति थियो ।

    बागमती प्रदेशको नमूना विद्यालयका रूपमा रहेको यस विद्यालयमा हाल २४ कोठा रहेका छन् । सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित २४ वटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ । अभियानको पहिलो चरणमा यस वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य विद्यालयले राखेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan