Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस-एपी)
newsabhiyan

वासिङ्टन, २७ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो ।

ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा र हर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरिसकेको बताउनुभएको छ । तर, आवश्यक परे इरानमाथि सैन्य आक्रमण पुनः सुरु गर्न आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

युद्ध अन्त्यका लागि वार्ताको नेतृत्व गर्नुभएका भान्सले निर्वाचनमा रिपब्लिकनहरूको पराजयको एउटा कारण इरान युद्ध भएको टिप्पणी गर्नुभएको थियो ।

यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गर्नुभएको छ । अमेरिकाले भने यसबारे स्पष्ट प्रतिक्रिया दिएको छैन ।

उता, हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भइरहेका छन् । बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुई ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन् । यसले खाडी क्षेत्रको समुद्री सुरक्षा र ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan