माछापुच्छ्रे बैंक र TapTap Send बीच रेमिट्यान्स सम्झौता
काठमाडौं, १ मंसिर । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवाप्रदायक TapTap Send बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुुरु भएको छ ।
यस सम्झौता सँगै विदेशमा रहेका नेपालीतथाअन्य सेवाग्राहीले TapTap Send को मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् ।
यसरी प्रेषित गरिएको रकम माछापुच्छ्रे बैंककोे आफ्नै विप्रेषण सेवा MBL Remit मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहज रुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सकिनेछ ।
विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान र्पुयाउँदै आएको छ । यसबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग र्पुयाएको छ । साथै, बचत तथा लगानीको क्षमता अभिवृद्धि गर्दै आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यससँगै, माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहजविप्रेषण सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।
यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जालतथा १९४ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिध ाप्रदान गरीरहेको छ ।


