Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस)

बाँके, १ मङ्सिर : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । 

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराइएको हो । 

    राजनीतिक दलसहितका व्यवसायीहरुले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सिधा हवाई उडानसँगै सुक्ख्खा बन्दरगाह स्थापनाको पहल गर्न भनिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले नेपालगञ्ज दिल्ली सिधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा स्वास्थ्यमा ठूलो फड्को मार्ने उल्लेख गर्दै हवाई उडान हुन सके नेपालगञ्ज पर्यटनको प्रवेशद्धार हुन सक्ने बताउनुभयो । 

    उहाँले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरेर सुक्खा बन्दरगाह बनाउन सके त्यसले यहाँको आयातनिर्यात ब्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालगञ्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तरराष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अझै अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ । 

    प्रमुख जिल्ला अधिकारी तामाङले  आफू बाँके आएदेखि नै निरन्तर सम्वाद गरिरहेको जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्टिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र नागरिक समाजका अगुवा सहभागी हुनुहुन्थ्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan