Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, सात जिल्लामा प्रतियोगिता हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस)

काठमाडौँ, ४ मङ्सिर : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुने भएका छन् । तीमध्ये २३ खेल सुर्खेतमा हुनेछन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा प्रतियोगिता सञ्चालन गरिनेछन् ।

    सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन् । यी खेल वीरेन्द्रनगरस्थित मुख्य रङ्गशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा आयोजना गरिनेछ ।

    त्यस्तै, बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ, बर्दियामा टेनिस र खो–खो, सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडो, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालीकोट कभर्डहलमा बुद्धिचाल तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछन् ।

    राखेपले प्राविधिक कारणले आवश्यक परे खेलस्थल परिवर्तन हुन सक्ने जनाएको छ ।

    आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको उद्घाटन हुनेछ भने मङ्सिर २७ गते समापन हुनेछ । तर, उद्घाटन हुनुअघि नै मङ्सिर ८ गतेदेखि भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिसलगायत १० खेलका प्रतिस्पर्धा सुरु हुनेछन् ।

    प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । कुल ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan