Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१ मिनेटको भिडियो बनाउनु : जित्नेलाई ७५ हजार रुपियाँ पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार |
newsabhiyan

🎬️🎬️ १ मिनेटको भिडियो बनाउनु : जित्नेलाई ७५ हजार रुपियाँ पुरस्कार 

काठमाडौं जलवायु कार्य सप्ताह २०८३
‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता 

काठमाडौं । विद्यालय उमेरका बालबालिकाका लागि १ मिनेटसम्मको भिडियो प्रतिस्पर्धाका लागि आव्हान 

जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासहरुको प्रवर्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले विभिन्न साझेदारहरुसँगको सहकार्यमा मंसिर ७ गतेदेखि १३ गतेसम्म हरेक दिन फरक कार्यक्रम आयोजना गरेर ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गदैछ । 

सप्ताहअन्तर्गत विद्यालय उमेरका बालबालिकालाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाका बिचमा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना हुँदैछ । काठमाडौँ महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भिडियो प्रतियोगितामा सहभागी हुन पाउनुहुनेछ । 

प्रथम पुरस्कार : ५० हजार रुपियाँ
दोस्रो पुरस्कार : ३० हजार रुपियाँ
तेस्रो पुरस्कार : २० हजार रुपियाँ 
सान्त्वना पुरस्कार : ७ जनालाई जनही १० हजार रुपियाँ

For Registrarion, follow link
https://forms.gle/ZMMydjPTgDCP11jo6 

Registration का लागि QR Scan गरे पनि हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan