Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार |

काठमाडौँ, २१ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ ।

    जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । सात अङ्कसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने उसको लक्ष्य छ ।

    तालिकाको चौथो स्थानमा रहेको काठमाण्डु पनि राम्रो लयमा छ । तीन खेल खेलेको काठमाण्डुले दुईमा जित र एकमा हार बेहोरेको छ । पछिल्ला दुई खेलमा लगातार जित निकालेको काठमाण्डु आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

    आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan