सुनचाँदीको मूल्य बढ्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
काठमाडौँ, ७ मङ्सिरः केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४७ हजार ४०० कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।
