Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

भोजपुर, ७ मङ्सिरः बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ (दाल) काटेर थन्क्याउन थालेका छन् ।

धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताउनुभयो ।

धानसँगै खेतको आलीमा मस्याम खेती गर्नुभएकी उहाँले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको बताउनुभयो । 

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले बाँदरले मस्याङमा क्षति पु¥याएको बताउनुभयो । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उहाँको भनाइ छ ।

उहाँले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गर्नुभएको छ । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बाली हरियो अवस्थामै काट्नुपरेको उहाँले सुनाउनुभयो ।

यस वर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गर्नुभएकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताउनुभयो । उहाँका अनुसार मस्याम स्थानीय बजारमा प्रतिकिलो रु १८० देखि २०० सम्ममा बिक्री हुने गरेको छ ।

समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पु¥याएको उहाँको भनाइ छ ।  

धानबालीसँगै खेतको आलीमा मस्याङ लगाएर अतिरिक्त आम्दानी गर्ने उद्देश्य राख्नुभएकी उहाँ बाँदरको त्रासले समयअगावै बाली भित्राउन बाध्य हुनुभएको हो ।

सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर भण्डारण गर्ने गरिन्छ । बाँदरबाट हुने क्षति रोक्न किसानले हरियो अवस्थामै काट्न थालेका छन् ।

यसरी अपरिपक्व अवस्थामा काट्दा दाना राम्रोसँग नपाक्ने, तौल घट्ने र उत्पादनको गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan