Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलामा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस)

बाँके, ८ मङ्सिरः बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले  हवाई फायर गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिनुभयो । 

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले उल्लेख गर्नुभयो । सो घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan