इलामको पशुपतिनगरबाट साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान तथा चौपाया बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
सो अवधिमा गुल्मले ईलाम जिल्लाको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा गरेको कारवाहीको क्रममा स्याउ, फर्सिको बियाँ , जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ , जुत्ता चप्पल , ५ सय ७० किलो फर्सिको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।
उक्त सामानहरु सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलिले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।
मिडिया समन्वयको क्षेत्रमा लामो समयदेखि उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रबक्ता शैलेन्द्र थापाको फिल्ड कमाण्ड पनि अब्बल देखिएको छ । उनले छोटो समयमा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
मिडिया समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डिएसपी सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले फिल्डमा समेत उत्कृष्ट कार्य गरेका छन् । विगतमा समेत राष्ट्र र संगठनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरे वापत उनलाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो ।
त्यस्तै उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा IG APF Commendation (सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा ) प्रदान गरिएको थियो ।
आम संचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करीव ७ बर्ष मूलधारको पत्रकारीता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा संचारमाध्यमसँगको समन्वयमा बढिनै दख्खल राख्छन्।
