Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट१७ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

काठमाडौं, १० मंसिर : काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलो ९ सय २० ग्राम सहित भारत घर भएका २६ वर्षीय संजिव कुमारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले एयरइन्डियाको उडानद्वारा भारतको दिल्लीबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सिराहा, मिर्चैया नगरपालिका-३ बलुवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५० मिलिग्राम सहितसोही नगरपालिका-११ बस्ने २० वर्षीय नितेश कुमार साह समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले म.प्र.०-२-०१० प ३९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 

ललितपुर, ललितपुर महानगरपालिका-२४ भैंसीबजार धापाखेलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-९ लामाटार बस्नेहुम्ला घर भएका २७ वर्षीय सुमे फडेरालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय भुपेन्द्र कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रबिन कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६ सय मिलिग्राम सहित कैलाली गोदावारी नगरपालिका-१० बस्ने२० वर्षीय जीवन लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-६ बस्ने २० वर्षीय कुशल सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुँवरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ वैरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित  सोही ठाउँ बस्ने १९ वर्षीय सुमन कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बहेडाबेलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३२ ए एल ८०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

दाङ,तुलसीपुर उपमहानगपालिका-१८ संग्राम खोला पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने सल्यान सारदा नगरपालिका-५ रानिकोट घर भएका २० वर्षीय पुर्ण परियारसमेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

भोजपुर, भोजपुर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-९ काफ्ले बस्ने २६ वर्षीय बिनय तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पानीट्याङकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ प्रभातकालिनटोल बस्ने २८ वर्षीय बिनय अधिकारी समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan