सुनचाँदीको मूल्य बढ्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
काठमाडौँ, १० मङ्सिरः स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ।
छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।
