Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लगानी विस्तारका लागि सरकारी सहयोग आवश्यकः कोष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

काठमाडौँ, १० मङ्सिरः नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । 

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी विस्तारका लागि सरकारी पहल आवश्यक रहेको बताउनुभयो । 

प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्न सक्ने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक कार्कीले समान प्रकृतिका संस्थाबीचको प्रतिस्पर्धा र संस्थागत निक्षेपको ब्याजदर घट्दा आम्दानीमा गिरावट आएको उल्लेख गर्नुभयो । उहाँले तत्काल अन्य क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा ठूलो रकम कल तथा चालु खातामा रहेको जानकारी दिनुभयो ।

प्राविधिक जनशक्तिको अभाव, व्यावसायिक सफ्टवेयर स्तरोन्नतिको आवश्यकता, पुराना अभिलेखको अभाव तथा कानुनी र नीतिगत सुधारलाई उहाँले चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो ।

कोषले नागरिक पेन्सन योजनामार्फत स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई समेट्ने, बचत सङ्कलनको दायरा विस्तार गर्ने र सरकारका प्राथमिकताप्राप्त परियोजनामा लगानी विस्तार गर्ने योजना अघि सारेको छ । 

कर्जा विस्तार, सामूहिक लगानी कोष, उपयुक्त संस्थाको इक्विटी तथा पुँजीबजारका नयाँ उपकरणमा लगानी विविधीकरण गर्ने तयारी गरिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ । 
      
बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा अनुमतिको प्रक्रिया अघि बढाइएको र पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बुधबारदेखि समितिको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan