Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं, ११ मंसिर ।  नेपाली कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री राणाले घरबारविहीन बनेर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उचित विकल्पबिना हटाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन्।

‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो,’ राणाले लेखेका छन्।

उनले प्रभावित परिवारको अवस्था र समस्यालाई बेवास्ता गरेर निर्णय कार्यान्वयन गर्नु उचित नहुने उल्लेख गर्दै सरकारलाई मानवीय संवेदनशीलता देखाउन आग्रह गरेका छन्।

राणाका अनुसार सुकुम्बासी परिवारसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या बुझ्न र सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न आवश्यक छ। पुनर्वासको सुनिश्चितता नभएसम्म प्रभावित परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनको माग छ।

वैकल्पिक आवासको सुनिश्चितताबिना आश्रयस्थलबाट हटाउँदा विस्थापित परिवार थप संकटमा पर्न सक्ने भन्दै उनले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan