Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौं, ११ मंसिर ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सरकारका कामकारबाही, संसद्का गतिविधि, अध्यादेश तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो।

भेटका क्रममा सरकारको कार्यसम्पादन, संसदीय गतिविधि र पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा विचारविमर्श भएको बताइएको छ।

राष्ट्रपति र रास्वपा सभापतिबीच भएको यस भेटलाई पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan