Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल-भारत संयुक्त सैनिक तालिम “अभ्यास-सूर्यकिरण” शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर । नेपाली सेना र भारतीय सेनाबिच सञ्‍चालन हुँदै आएको संयुक्त सैनिक तालिम “अभ्यास-सूर्यकिरण” २० औँ संस्करण आज मिति २०८३ मङ्सिर ०९ गतेबाट रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी पूर्ण बहादुर खत्रीले उक्त अभ्यासको शुभारम्भ गर्नु भएको हो।

दुवै देशका गण स्तरको फौज सम्मिलित यस अभ्यास २०८३ मङ्सिर २२ गते सम्पन्‍न हुने कार्यक्रम रहेको छ।

वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त “अभ्यास-सूर्यकिरण”को उन्नाइसौँ संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो।

अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन्।

यस किसिमको सैनिक अभ्यासले दुई देशबिच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत ज्ञानको विकास तथा आपसी समझदारीमा
अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan