Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन जस्तो देखिने पदार्थ सहित २ जना चिनियाँ नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ४८ ग्राम तौल बराबरको सुन जस्तो देखिने अर्धठोस पदार्थ ८ थान सहित २ जना चिनियाँ नागरिकहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा CHINA GUANGDONG घर भएकी ४५ वर्षीया LIN LINA र ३५ वर्षीया LIN XINPING रहेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरलाइन्सद्वारा हङकङबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा LIN LINA को साथबाट १ किलो ३ सय ४० ग्राम र LIN XINPING को साथबाट १ किलो ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan