Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार विष्टको निधनले महासङ्घ स्तब्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |
newsabhiyan

काठमाडौँ, ११ मङ्सिरः नेपाल पत्रकार महासङ्घले पत्रकार राजेन्द्र विष्टको ४२ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
    
लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित विष्टको उपचारका क्रममा बिहीबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी शोक वक्तव्यमा पत्रकार विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट महासङ्घ कञ्चनपुर शाखामा आबद्ध हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्थ्यो ।

सुदूरपश्चिम प्रदेशबाट पटकपटक महासङ्घको केन्द्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्नुभएका विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, कर्मठ, कुशल र जुझारु युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan