Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाइटीको राजनीतिक गतिरोध चाँडो अन्त्य हुनुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८० असार २२ शुक्रबार | (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसङ्घ, २२ असार : संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले बिहीबार हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुुपर्ने बताउनुभएको छ ।

स्थायी प्रतिनिधि झाङ जुनले बिहीबार सुरक्षा परिषद्को बैठकमा हाइटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताउनुभयो ।

उहाँले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताउनुभयो । हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उहाँले सम्बद्ध पक्षलाई आह्वान पनि गर्नुभयो । 

सामूहिक हिंसाको वृद्धिलाई रोक्न र सबैभन्दा आधारभूत सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्ने पूर्ण सुरक्षाको वातावरण सृजना गर्नु तथा आधारभूत मानवीय आवश्कताको आपूर्तिमा अवरोध हुन नहुने बताउँदै राजदूत झाङले राजनीतिक सङ्क्रमणको अन्त्यका निम्ति आवश्यक प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । 

हतियारको तस्करी रोक्न तथा हाइटीका गिरोहहरूलाई तिनको पहुँचबाट विमुख बनाउन अन्तरराष्ट्रिय सुमदायले गम्भीर हुनुपर्नेमा चिनियाँ राजदूतले जोड दिनुभयो ।

कुनै पनि बाह्य सहयोग योजना हाइटी जनताको इच्छा र सहमतिमा आधारित हुनुपर्ने बताउनुभयो । हाइटीमा दीर्घकालीन शान्ति, स्थायित्व र दिगो विकास हासिल गर्ने अन्तरराष्ट्रिय समुदायको प्रयासमा चीनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan