Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख : कर्जा खाता १९ लाख १२ हजार

न्यूजअभियान | प्रकाशित मिति : २०८१ मङ्सिर ९ आइतबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर । नेपालमा ऋण लिएर लगानी गर्नेहरूभन्दा बैंकमा निक्षेप राखेर व्याज खानेहरू बढ्दै गएका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या कर्जाको तुलनामा करिब ३० गुणा बढी बढी छ ।

सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा असोज मसान्तसम्म पाँच करोड ६९ लाख ७५ हजार तीन सय ५८ वटा निक्षेप खाता र १९ लाख १२ हजार दुई सय ३४ वटा कर्जा खाता खोलिएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता ४२ लाख ६१ हजार एक सय ६९ र कर्जा खाता ५७ हजार सात सय ६८ वटाले बढी हो ।

गत वर्ष असोजसम्म पाँच करोड २७ लाख १४ हजार एक सय ८९ वटा निक्षेप खाता र १८ लाख ५४ हजार चार सय ६६ वटा कर्जा खाता सञ्चालनमा थिए ।

गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या क्रमशः चार करोड ८८ लाख ३६ हजार चार सय ३२ र १५ लाख ८७ हजार तीन सय ९१ छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ३५ लाख ९२ हजार नौ सय पाँच र ६३ हजार तीन सय ३१ वटाले बढी हो ।

गत वर्ष असोज मसान्तमा वाणिज्य बैंकहरूमा चार करोड ५२ लाख ४३ हजार पाँच सय २७ वटा निक्षेप खाता र १५ लाख २४ हजार ६० वटा कर्जा खाता सञ्चालनमा थिए ।

विकास बैंकहरूमा गत असोज मसान्तसम्म ७२ लाख २४ हजार आठ सय ९१ वटा निक्षेप खाता र दुई लाख ८१ हजार एक सय ९६ वटा कर्जा खाता सञ्चालनमा छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता पाँच लाख ६६ हजार नौ सय ४६ वटा बढी हो भने कर्जा खाता सात हजार एक सय ४५ वटाले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल ६६ लाख ५७ हजार नौ सय ४५ वटा निक्षेप खाता र दुई लाख ८८ हजार तीन सय ४१ वटा कर्जा खाता सञ्चालनमा थिए ।

फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या गत आसोजमा क्रमशः नौ लाख १४ हजार ३५ र ४३ हजार छ सय ४७ वटा छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः एक लाख एक हजार तीन सय १८ र एक हजार पाँच सय ८२ वटा बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्स कम्पनीहरूमा आठ लाख १२ हजार सात सय १७ वटा निक्षेप खाता सञ्चालनमा रहेको थियो भने कर्जा खाता ४२ हजार ६५ वटा थियो । (आर्थिक दैनिकबाट) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan