Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भेटनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनामाथि आरोपपत्र दायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार | रासस

काठमाडौँ, २० साउनः अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई जनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

कार्यालय प्रमुख दास र हलुका सवारीचालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनबापतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवै जनालाई घुसवापतको रु एक लाख ३२ हजार ३५० रकमसहित नियन्त्रणमा लिएको  थियो । 

कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस र रिसवत चाहिने भनी बार्गेनिङ गरी/गराई घुस बुझाउनुपर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारेर घुसबापतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । दुवै जनालाई आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan