Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)

काठमाडौँ, २१ साउनः बेवारिसे बिरामीका लागि आवश्यकपर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले व्यहोर्ने भएको छ । 

    राष्ट्रिय ट्रमा सेन्टरमा आज ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी, नेरेसो काठमाडाँै जिल्ला शाखाको तर्फबाट सभापति श्यामकाजी डोटेल र केन्द्रीय रक्तसञ्चार सेवाका तर्फबाट निर्देशक पवनकुमार गुप्ताले सो विषयमा हस्ताक्षर गर्नुभएको थियो ।  

    विगत १८ महिनादेखि मौखिक माग र सहमतिमा नेरेसो काठमाडौँ जिल्लाशाखाले त्यस्तो रगतको भुक्तानी केन्द्रीय रक्तसञ्चार सेवालाई उपलब्ध गराउँदै आएकामा चालु आर्थिक वर्ष २०८३/८४ देखि संस्थागत गर्न यो सम्झौता भएको हो । लालविक्रम थापाको उपस्थितिमा सम्पन्न उक्त सम्झौताको अवधि  विसं २०८४ असार मसान्तसम्म कायम रहनेछ । 

      सम्झौतामा नेरेसो काठमाडौँ जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा विभाग प्रमुख इन्दिरा पाण्डेलगायत ट्रमा सेन्टरका विभिन्न विभागीय प्रमुखको उपस्थिति थियो ।
-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan