Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २१ बिहीबार | (रासस)
newsabhiyan

जनकपुरधाम, २१ साउनः आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । 

यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो ।   

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले राससलाई बताउनुभयो । 

उहाँले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम सङ्कलन भएको जानकारी दिनुभयो । 

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व सङ्कलन गरेको थियो । 

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएको कारण राजस्व सङ्कलनमा कमी आएको बताइन्छ । 

कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस/ट्रक १८७ वटा, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप/कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएको छ ।

यस अवधिमा नयाँ र वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan