जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
काठमाडौं, २१ साउन : भक्तपुर,चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिक भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले संचालन गरेको आरती खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
रूपन्देही,बुटवल उपमहानगरपालिका-११ देवीनगर रंगशाला शिवपथस्थित ६१ वर्षीय धुर्व श्रेष्ठले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
